भूकम्पका पीडितहरूका लागि कांग्रेस गण्डकी प्रदेशसभा सदस्यहरूले १५ दिनको तलब सहयोग गर्ने

17.3k Shares

काठमाडौँ । जाजरकोट भूकम्पका पीडितहरूका लागि नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यहरूले १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् ।  कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले सो रकम नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो । 

गत कार्त्तिक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको । 

nc-bigyapti_000006_WvmJI87lTc.jpg

सम्बन्धित समाचार