20.7k
Shares
काठमाडौं । भारतले भूकम्प पीडितका लागि थप राहत पठाएको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले करिब नौ टन बराबरको आपत्कालीन राहत नेपाल पुगेको जानकारी दिएका छन् ।
ट्विटरमा उनले चुनौतीपूर्ण समयमा भारत नेपालको साथमा रहेको बताएका छन् ।
यसअघि भारतले आइतबार पनि राहत सामग्री पठाएको थियो ।
गएको शुक्रबार राति जाजरकोटमा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।