भूकम्प पीडितलाई प्राइम बैंकको २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग

15.8k Shares

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट पीडितहरूको  प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । 

विनाशकारी भूकम्पको चपेटामा परी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा बैंकले समवेदना व्यक्त गरेको छ । साथै उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

सम्बन्धित समाचार