अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते

17.9k Shares

अछाम, १६ असोज । अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ। 

सोहि ठाउँकी  १८ वर्षीया राधा जैशी घाइते भएकी छन्। दुबै जनालाई बुधबार घर नजिकै घाँस काट्नेक्रममा अरिङ्गालले टोकेको थियो। 

शमिरलाई त्यहीको स्थानीय स्वास्थ्यचौकी बारालाले उपचार पश्चात अवस्था सामान्य रहेको भन्दै घर पठाएको थियो। शमिरको घरमै मृत्यु भएको हो। घाइते किशोरीलाई भने थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
 

सम्बन्धित समाचार