17k
Shares
काठमाडौं, १४ कात्तिक । सेयर बजार १४.२९ अंकले घटेको छ । मंंगलबार नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।
मंंगलबार २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।