देश बैतडीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्युु

19.5k Shares

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मंगलबार मृत भेटिएका छन् । चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५, कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेटिएका हुन् 

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्किएका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । भीरबाट लडेर चन्दको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै, भीरबाट लडेर पाटन नगरपालिका–४, कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए ।

भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारका निम्ति धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार