21.7k
Shares
कमाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको ज्ञानेन्द्रका सचिव फणिराज पाठकले जानकारी दिएका छन् । हाल उनीहरू अाइसाेलेसनमा छन् । शाह दम्पती केही दिनअघि मात्र भारतको धार्मिक भ्रमणबाट फर्किएका थिए ।