५२ वर्षपछि बाजागाज—अबिरजात्रासहित स्थानीयले गरे बज्रबाराहीको मृर्ति प्रतिस्थापना

18k Shares

ललितपुर । सुरक्षाको दृष्टिकोणले राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको बज्रबाराहीको मृर्ति पुरातत्व विभाग, गोदावरी नगरपालिका र बज्रबाराही खः गुठीको संयुक्त पहलमा चापागाउँको आँगछेँमा सोमबार प्रतिस्थापना गरिएको छ ।
राष्ट्रिय संग्रहालय छाउनीमा विगत ५२ वर्षदेखि रहेको बज्रवाराहीमाईको मूर्ति नेपाल सरकार पुरातत्व विभाग, गोदावरी नगरपालिका र बज्रबाराही खः गुठीको सयुक्त पहलमा गोदावरी नगरपालिका वडा नम्बर ११ आँगछेंमा प्रतिस्थापना गरिएको हो ।
पुरातत्व विभागबाट ल्याइएको उक्त मूर्तिको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोबाट चापागाउँ र ठेचोका हजारौं स्थानीयहरुको सहभागितामा बाजागाजासहित चापागाउँको आगँछेंमा ल्याइएको थियो ।

२०२६ सालमा मन्दिरबाट हराएको उक्त मूर्ति त्रिभुवन विमानस्थलबाट बेवारिसे अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । त्यतिबेला दुई वर्षसम्म सुरक्षाको दृष्टिकोणले मंगलबजारको डीएसपी कार्यालयमा राखिएको र त्यसपछि तत्कालीन समयको सरकारले उक्त मूर्तिलाई राष्ट्रिय संग्रहालयमा संरक्षणका लागि पठाएको थियो । मूर्ति प्रतिस्थापना गर्न गोदावरी नगरपालिकाले विशेष पहल गरेको थियो ।

गोदावरी नगरपालिकाको सम्पदा, कला–संस्कृति, पर्वहरुको संरक्षण गर्ने, जगेर्ना गर्ने नीति र लक्ष्यअनुसार बज्रबाराही माईको मूर्ति प्रतिस्थापना गर्ने कार्य भएको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।
नेपाली कांग्रेस खेलकुद बिभाग सचिव एवं  महासमिति सदस्य मीन कृष्ण महर्जनले गोदावरी नगर प्रमुखले नगरवासीको जनचाहना पुरा गरेर इतिहासमै नाम लेखाउने कार्य गरेको बताए ।नेता महर्जनले भने– “सम्पदा संस्कृति जोगाउन नगरपालिकाले गरेको यो कार्य सराहनीय र महत्वपूर्ण हो“ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडा अध्यक्ष मिलन सिल्वालका अनुसार निर्वाचनका समयमा नगरपालिकालाई धार्मिक पर्यटकीय एवं सम्पदा संरक्षणको हब बनाउने प्रतिवद्धता अनुसारको कार्य पुरा भएको बताए । उनका अनुसार निर्वाचनका समयमा गरिएको प्रतिवद्धता अहिले पुरा भएको हो उनले भने– “लेलेमा चोरी भएको सरस्वतीको मूर्ति पनि हाम्रै पहलमा प्रतिस्थापना गरिएको उनले बताए ।“ मूर्ति प्रतिस्थापना कार्यक्रममा हजारौं संख्यामा नगरबासीको उपस्थित रहेको थियो । मूर्ति प्रतिस्थापनाको खुसियालीमा विभिन्न गुठीका गुठीयारहरुले बाजागाजासहित माइ बज्रबाराही की जय भन्दै जय जयकार गरी अबिर सिन्दुर जात्रा गरेर खुशी साटासाट गरेका थिए ।

सम्बन्धित समाचार