नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी नेपालमा विदेशी लगानी भित्राउने नाममा शंकास्पद गतिवधिमा सक्रिय भएका छन् । उनले देशको पैसा विदेश पु¥याएको छर्लंग छ । विदेशी लगानी बैंकमा गराएको देखाएर आइरिस कम्पनीका लागि भन्दै विदेशमा रकम लगिरहेका छन् । नाबिल बैंकको मुनाफा देखाएर उनले यसरी रकम विदेश लाँदा प्रचलित कानून विपरित भएको छ । तर, राष्ट्र बैंक आँखा चिम्लिएर बसिरहेको छ ।
चौधरीले पछिल्लो समय टर्कीबाट लगानी भित्राउन खोजेका छन् । टेलिकम क्षेत्रमा उनले लगानी भित्राउनका लागि प्रचण्ड र शेरबहादुर देउवालाई रिझाएर लाइसेन्स लिने प्रक्रिया बढाएका छन् । प्रचण्ड र शेरबहादुर देउवालाई प्रभावमा पारेर चौधरी आफ्नो कम्पनीलाई जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको लाइसेन्स दिने प्रक्रिया बढाउन सेटिङ गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रचण्डको निर्देशनमा लाइसेन्स दिन तयारी थालेको छ । त्यसका लागि राजपत्रमै सूचना निकालेर नियमावली संशोधन गर्न खोजिएको छ । पुरुषोत्तम खनालमाथि विभिन्न माध्यमले दाबब बढाइएको छ यतिबेला । चौधरीले स्मार्ट टेलिकमको लाइसेन्समा पनि चलखेल गरिरहेका छन् । लाइसेन्स लिने र त्यसमा सित्तैमा शेयर लिएर विदेशी कम्पनीको लगानी ल्याउने उनको रणनीति देखिएको छ । चौधरीले टर्कीबाट लगानी ल्याउन लागेपछि छिमेकी भारतको वर्तमान सरकारको पनि ध्यान खिचिएको बुझिएको छ । उनको गतिविधि शंकास्पद भएरै भारतमा चौधरीको कम्पनीहरु कारबाहीमा पर्न थालेका छन् ।
चौधरी परिवारले टेलिकममा टर्कीबाट लगानी ल्याउने र चिनियाँ कम्पनीहरुसँग मिलेर काम गर्ने रणनीति अहिले नै बनाइसकेको छ । यसका लागि चौधरीका छोरा सक्रिय छन् । चिनियाँहरुको स्मार्ट अटोमोबाइल्स र सीजी मोटर्सबीच हालै सम्झौता पनि भइसकेको छ । चौधरीको यस्ता गतिविधि पछि चासो बढेको हो । भारतका बाबाहरु रिझाउने र भारतविरोधी समूहसँग मिलेर व्यवसाय बढाउने उनको गतिविधिप्रति शतर्कता बढाइएको बुझिएको छ ।
चौधरीले युज एण्ड थ्रोमा माहिर व्यापारी मानिएको छ । उनले तत्कालीन राजा वीरेन्द्र शाहको विश्वास जितेर उनको सम्पत्तिमा रजाईँ गरे । विदेशमा वीरेन्द्रको सम्पत्तिको ठूलो हिस्सा उनै चौधरीले हात पारे । पञ्चायतकालमा उनले सुर्यबहादुर थापा, डा. तुलसी गिरी जस्ता शक्तिशाली प्रधानमन्त्रीहरुलाई पनि प्रभावमा पारेका थिए । चौधरीले प्रजातन्त्र आएपछि काँग्रेस नजिक बनेर लाभ लिए । उनले गिरिजाप्रसाद कोइरालालाई समेत प्रभावमा पार्थे । पछि एमाले बनेका चौधरी भरतमोहन अधिकारीको प्रीयपात्र बने । अधिकारी अर्थमन्त्री हुँदा कर छली देखि आर्थिक विषयमा खुबै लाभ लिन सके । पछि फेरि नेपाली काँग्रेस बनेका चौधरीले शेरबहादुर देउवालाई पनि घुमाइरहेका छन् । सुशील कोइरालाको पालामा पनि उनले लाभ लिन सके ।