एयरपोर्ट कार्गो भवनमा ‘फ्ल्याप गेट’ स्थापना

19k Shares

काठमाडौं, २५ असोज । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्गो भवन प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ। गलत क्रियाकलाप रोक्नका लागि गेट सञ्चालनामा ल्याइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए।

प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र गेट पार गर्न सक्ने उनले बताए।

त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ। कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको छ।

हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको उनले बताए।

सम्बन्धित समाचार