सामाजिक कार्यमा गरेको योगदानको राष्ट्रपतिद्वारा महर्जनलाई कदर

18.2k Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई  आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुमेरु ग्रुप अफ अर्गनाइजेशन तथा खोजतलास मिडिया प्रा.लि.का अध्यक्ष भरत महर्जनलाई प्रबल जनसेवाश्री चतुर्थबाट सम्मानित गर्नुभएको छ । ‘सेवा नै धर्म हो, मन बचन र कर्मले सेवा गरौं’ भन्ने उद्देश्यका साथ अगाडि बढिरहनुभएका महर्जनले सामाजिक कार्यमा निरन्तरता दिनुका साथै समाजमा धेरै योगदान पुर्याउँदै आइरहनु भएको छ । परोपकारी सोच र पुण्य कार्यमा सदा अगाडि बढ्नुहुने महर्जनले सामाजिक, धार्मिक, स्वास्थ्य, शिक्षा, आर्थिकलगायत थुप्रै क्षेत्रमा गरेका पुण्य कार्यहरुको लेखाजोखा नै छैन । 

सम्बन्धित समाचार