खुकुरी प्रहार गरी बझाङमा एक जनाको हत्या

18.6k Shares

बझाङ । सामान्य विवाद हुँदा बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ।  जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएका छन्। यस विषयमा थप अनुसन्धान  र फरार आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

 
सम्बन्धित समाचार