ओलीलाई पनि प्रश्न सोध्ने खनाल–नेपाल समूहको निष्कर्ष

18.6k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै चार नेतालाई स्पष्टीकरणको पत्र थमाएपछि एमालेका वरिष्ठ नेताद्वय भलनाथ खनाल र माधवकुमार नेपाल समूहले छुट्टै बैठक बसेर रणनीति तय गरेका छन् ।
खनाल–नेपाल समूहको बैठक सोमबार बसेको थियो । उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर पार्टी कमिटी, जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए ।
“ओलीले स्पष्टीकरणको नाममा कारबाही गर्ने जुन धम्की दिएका छन् । त्यसकाविरुद्ध हामीले कार्यकर्ता परिचालन गर्नैपर्ने भएको छ । आधारभूत तहसम्मै रहेका हाम्रो शक्ति एकतृत गर्छौं,” एक नेताले  भने, “देशव्यापीरूपमा अहिले भइरहेका भेला बैठकलाई जारी राख्ने र सबै जनसंगठनको राष्ट्रिय भेला गर्ने पनि निर्णय भएको छ ।”
पार्टीका महासचिव ईश्वर पोखरेलले सोमबार मात्र पार्टी नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरणपत्र काटेका छन् ।

सम्बन्धित समाचार