पाँच जना चिकित्सकलाई राष्ट्रपतिले प्रदान गरे अवार्ड

16.9k Shares

काठमाडौ, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच जना चिकित्सकहरूलाई अवार्ड प्रदान गरेका छन्। नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ शुक्रबार राष्ट्रपतिले चिकित्सकहरूलाई प्रदान गरेका हुन्। डाक्टरहरू अर्चना अमात्य, गीता शाक्य, मीता सिंह, कोकिला वैद्य र प्रमिला प्रधानलाई अवार्ड प्रदान गरिएको हो।

साथै राष्ट्रपति पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गरेका छन्। कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की र सम्मान छनौट समितिका संयोजक किरण रेग्मीले संघले गर्दै आएका कार्यबारे जानकारी गराएका थिए।

सम्बन्धित समाचार