पाल्पामा गौ हत्याविरुद्ध विरोध प्रदर्शन

14.8k Shares

काठमाडौँ । पाल्पामा गौ हत्याविरुद्ध र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय  अगाडि विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारले संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका हुन् । धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्‍याली आयोजना गरिएको हाे।

र्‍यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँलगायतका नारा लगाएका थिए । 

सम्बन्धित समाचार