कारागारबाट कैदी फरार

16.3k Shares

बर्दिया, १७ भदौ । बर्दिया कारागार गुलरियाबाट आइतबार एक कैदी फरार भएका छन् ।

 

आइतबार बिहान ३ बजे कारागार भवनको छत चढेर पर्खालबाट हामफालेर कैदी अजित बुढाक्षेत्री फरार भएका प्रहरीले जनाएको छ ।


हत्या अभियोगमा जेल जीवन बिताइरहेका बुढाक्षेत्री फरार भएका हुन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

 

२०७१ सालमा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय भोगिरहेका थिए । 
 

सम्बन्धित समाचार