बारा । बाराको बिश्नामपुर गापा वडा न ४ बलिरामपुर नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी शुरु भएको समाचार प्राप्त भएको छ । भारतको सहदेवाबाट दैनिक रुपमा भैसी, रांगा , कपडा र हाडयेवरको समानहरुको तस्करी हुने गरेको छ । पर्सा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु सशस्त्र प्रहरी र प्रहरी सहयोगले बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले बताएकाछन । तस्करहरुले अहिले बाराको मुशर्हवामा रहेको सशस्त्र प्रहरीको बिओपी प्रमुख र नेपाल प्रहरीको ब प्र ना नि लाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा , हाडयेवर भित्रयाउने गरेकाछन । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुरयाउने गरेको छ भने त्यसतै कपडा , हाडयेवर जितपुर , सिमरा सम्म पुर्याउने गरेको स्थानियहरुले बताउछन । प्रहरी चौकि मुसहर्वा बलिरामपुर प्रमुख ब प्र ना नि बसन्त थापाको प्र ज भुषन तुरहालाइ घुमुवा छन्। भैंसी तस्करीहरुसग मासिक दरले नलिने र गोटाको ५०० र डिउटी खर्च १०० लिने गरे गरेका छन्। भैंसी तस्कर बिरगंज बि म ना पा १६ इनार्वा बस्ने रामायण साह , बि म ना पा २ छबकैया बस्ने छठु मिया , भारत बस्ने सुकट मियाँ र भारत बस्ने एमामुल मियाँहरुले दिनहु ६,७ ओटा भैंसी भारतबाट नेपाल भित्रियाउने गरेका छन्। तस्करीको भैसी परवानिपुर भैंसी बजार सम्म गरेका छन । कपडा र जुता तस्कर बलिरामपुर ४ बस्ने अनहोति केवट ५ ,ऐ बस्ने करिमन केवट ६,ऐ बस्ने रेखा केवट ७,बिरगंज पर्सा १६ इनार्वा बस्ने मुना मिया ८, ऐ बस्ने सेखावत मिया ९ , ऐ बस्ने जयलाल यादव १०,ऐ अनिता देबि ११, ऐ बस्ने चन्दा देवी लगाएतका तस्करहरुले भारत रक्सौलबाट बलिरामपुरको नाका हुँदै बिरगंज बजार र जितपुर बजार सम्म पुराउने गरेका छन । अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै कपडा,कस्मेटिक,तयारी पोषाक,मोटर पार्टस,पानी तान्ने मोटर, हार्डवेयर,इलेक्ट्रोनिकका सामान,किरानाका सामानहरुका साथै सुटिङ सटिङका सामानहरु सूर्तीजन्य पदार्थ,चिनी, किरानाका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ । लिरामपुर र मुसहर्वा नाकाबाट कपडा र भैंसीको तस्करी तीब्र रुपले बढेको छ । मुसहर्वा र बलिरामपुर,नाका हुँदै प्रसौनीको बाटो रातको करिब ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् । मुसहर्वा नाकाबाट,मुरारी महतो,खेना यादव,बिन्दा,सकिल,चन्दन ,पन्डित,प्रेम,सुनेश,बिरेन्द्र,पवन,तार्केश्वर,अनवर, लगायतका तस्करहरुले साइकल मोटरसाईकलको माध्यामले कपडा, हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिक, किरानाका सामानहरु भित्र्याउने गरेका छन् ।मासिक पर तस्करसग ६००० हजार देखि १०००० हजार सम्म उठाउने गरेको सशस्त्र प्रहरी बल बिओपि बलिरामपुरका प्रमुखलाई पनि ६००० हजार देखि १०००० हजार सम्म दिने गरेको बुझिएको छ ।