अधिवक्ता भोज बहादुरलाई थुनामा राख्न सर्वोच्चको अनुमति

18.8k Shares

काठमाडौँ । बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेका अधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ । शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको हो ।

बलात्कारको कसुरमा केसीमाथि प्रहरी वृत्त थानकोटले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि केसीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केसी बहोस् भई ढलेका थिए । आफूलाई पक्राउ पुर्जी पनि नदिई नियन्त्रणमा राखिएको भन्दै केसीले रिट दायर गरेपछि तत्कालीन कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ ३ गते कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएका थिए ।

सम्बन्धित समाचार