अरमान मलिकले प्रेमिका आशनासँग गरे इन्गेजमेन्ट

22.3k Shares

काठमाडौं ।बलिउडका उत्कृष्ट गायक अरमान मलिकले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् । यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । ‘जब तक’ गीतका गायक निकै लामो समयदेखि आशना श्राफसँग सम्बन्धमा थिए ।

अरमानले इन्स्टाग्राममा तस्बिर साझा गरेका छन् । पहिलो फोटोमा गायक घुँडा टेकेर आफ्नी प्रेमिकालाई औँठी लगाइरहेको देखिएका छन् । यी दुईको फोटो सार्वजनिक भएपछि यिनीहरूलाई बधाईको ओइरो लागेको छ । 

सम्बन्धित समाचार