18.8k
Shares
काठमाडौं, २३ साउन । वीर अस्पतालका चिकित्सक धमाधम संक्रमित हुँदैछन् । वीर अस्पतालमा विहिवारदेखि चिकित्सक र बिरामीमा कोरोना देखिएसँग आज पनि थप एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आकस्मिक विभागमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी गराएको छ । केहिदिनदेखि ज्वरो आएर घरमै होमक्वारेन्टाईनमा बस्नुभएका चिकित्सकको पीसीआर परीक्षण गर्दा कोरोना प्रमाणित भएको हो ।
वीर अस्पतालमा बिहीबार इन्टरनल मेडिसिन विभागका चिकित्सकमा कोरोना पुष्टि भएसँगै ३ जना बिरामीलाई पनि कोरोना पुष्टि भएको थियो ।