काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले धनरानमा गोरु काटेर खाएको घटनाले नेपालीलाई मर्माहत बनाएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘केही दिनअघि धरानमा भएको अस्वभाविक र अराजक घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ । गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई र त्यसमा संलग्न उश्रिखल तत्वहरुले समाजिक सञ्चालमार्फत प्रचार गर्न खोजेको देखिन्छ ।’
आपसी एकता, सदभाव, सहिष्णुता र उत्कृष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा भएको उक्त घटना निन्दनीय रहेको भण्डारीले बताए । ‘नेपाल बहु धार्मिक, बहु भाषिक र बहु सांस्कृतिक मुलुक हो । हाम्रो आपसी एकता, सदभाव, सहिष्णुता, उत्कृष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना निन्दनीय छ ,’ उनले भने ।
बौद्धिक सनातन धर्मलाई कमजोर बनाइ यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाको केन्द्रहरुमा धावा बोल्ने काम गरिएको उनको भनाइ छ ।