काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ ।
प्रजातन्त्र सुदृढीकरणको नाममा नेपाललाई अमेरिकाले सैन्य अखडा बनाउन खोजेको आरोप लगाउँदै सो पार्टीले एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी दिएको हो ।
मंगलबार काठमाडौँमा भएको अन्तर्कियामा एमसीसी कार्यान्वयन हुन दिन देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम ल्याउने नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।
‘अमेरिकाले नेपालमा सैन्य क्याम्प राखेर भारतलाई नियन्त्रणमा राख्ने र चीनलाई ध्वस्त पार्ने गरी एमसीसीलाई इन्डो–प्यासेफिक सैन्य रणनीति (आईपीएस) अन्तर्गत एमसीसी आएको छ । यसलाई खारेज गर्नुपर्छ’, बास्तोलाले भने ।