काठमाडौं । नेपाली जनसम्पर्क समिति मकाउको पाँचौं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले निर्मला थापा मगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराई रहनुभएको थियो । बिशिष्ठ अतिथिको रुपमा बागमती प्रदेशको पर्यटन मन्त्री पुकार महर्जन रहनुभएको थियो ।

सो अबसरमा मकाउ पार्लियामेन्ट मेम्बर जोस परेसा जो नेपालीहरू माझ लोकप्रिय हुनुहुन्छ नेपालीहरूका समस्यामा संधै साथ दिने ब्यक्तिको रूपमा चिनिन्छन् । त्यसैगरी टप बिल्डर्स एरिक, उद्योगपति मिस्टर लाओ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्ष केशव पुरी, हङकङग्का जनसम्पर्क समितिका अध्यक्ष काजी गुरुङ निवर्तमान अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा मकाउमा रहेका नेपाली जनसम्पर्क समितिका सदस्यहरू, बिभिन्न क्षेत्रमा रहेर काम गर्नु हुने नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम झांकी प्रस्तुत गरियको थियो । सो अवसरमा नब निर्वाचित अध्यक्ष निर्मला थापा मगरलाई नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्ष केशव पुरीद्वारा उहाँको सामाजिक श्रेत्रमा पु¥याउनु भएको सहयोगको लागि केदारनाथको शिरोभाग डोलेशोर माहादेब मन्दिरको प्रसाद, माला र दोसल्लाले सम्मान गर्नुभएको थियो । साथै सोही अबसरमा १९९४ मा भएको १२ औं एसियाली खेलकुदमा कास्य पदक जितेर नेपाललाई संसार भर चिनाउने मान बहादुर शाहीलाई नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको तर्फबाट सम्मान पत्र सहित माला र खादा लगायर सम्मान गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता मकाउ जनसम्पर्क समितिका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार सुदर्शन थापा मगरले गर्नुभएको थियो । संस्थाको स्थापना २०१३ सालमा सुदर्शन थापा मगर को अथक प्रयत्नको कारण उहाँले सबै नेपालीहरूको हकहितमा मकाउ जनसम्पर्क समिति स्थापना गर्न सफल हुनुभएको थियो । उहाँलाई मकाउमा स्थापित ब्यबसायीको रूपमा चिनिन्छ ।
