सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदै छ कारोबार ?

17.4k Shares

काठमाडौ। सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला  १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । 

 

आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार साेमबार १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
 

सम्बन्धित समाचार