लुम्बिनी प्रदेशसभा सचिव पुनले लिए शपथ

19k Shares

देउखुरी, ३१ साउन । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले शपथ लिएका छन्। सभामुख तुलाराम घर्तीमगरले सचिव पुनलाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

उनलाई सभामुख घर्तीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिव पदमा नियुक्त गरेका हुन्। आइतबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा जिम्मेवारी पाएका पुनले बुधबार शपथग्रहणपछि पुनः काम सुरु गरेका छन्। पुनले यसअघि ५ वर्ष प्रदेशसभा सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

दोस्रो कार्यकालको लागि जिम्मेवारी पाएका पुनले पहिलो कार्यकालमा शून्यबाट सुरु गरेर अस्थायी राजधानीबाट काम गर्दा भौतिक पूर्वाधार, संघीयता कार्यान्यवन र कानुन निर्माणमा संसद् सचिवालयमा काम गरेको बताए। दोस्रो कार्यकाल सुरु गर्दा स्थायी राजधानीमा भौतिक, प्रशासनीय र विधि व्यवस्थापन गर्न उत्तिकै चुनौती र महत्वपूर्ण रहेको बताए।

सम्बन्धित समाचार