दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

17.6k Shares

चरिकोट, २६ साउन । दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 


उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ । 
 

सम्बन्धित समाचार