17k
Shares
धनगढी, २३ साउन । अछाम र डोटीमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
अछामको मेल्लेख गाउँपालिका–४ बोरागाउँका गोरे साँउदकी ४० वर्षीया श्रीमती सुना साँउद मंगलवार दिउँसो सरानी खोला किनारामा मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ।
त्यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–३ बरलदेउ स्थित सेती नदी किनारमा एक जना मृत फेला परेका छन्। पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष मंगलवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।