विदेशबाटै नेपालको नाम विश्वसामु चिनाउँदै राजु

17.7k Shares

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका तेक्वान्दोका पाँचौं डान राजु नगरकोटीले अन्तर्राष्ट्रियस्तरमा आयोजित विभिन्न प्रतियोगिताहरुमा आफ्नै खर्चले सहभागिता जनाउँदै नेपालको झण्डा फहराउँदै आइरहेका छन् ।
नुवाकोट स्थायी घर भई हाल काठमाडौंको बालाजुस्थित नेपालटारमा बसोबास गर्दै आइरहेका नगरकोटी झण्डै दुई दशक अगाडि नै बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका हुन् । एघार वर्षको उमेरदेखि मार्शलआर्टप्रति चासो राख्ने नगरकोटीले तेक्वान्दो विधामा नेपालमा आयोजित थुप्रै प्रतियोगिताहरुमा पनि आफ्नो प्रतिभा देखाउन सफल बनेका थिए । 
नगरकोटीले नेपाली सेनामा सेवा प्रवेश गरी सेनाको त्रिभुवन आर्मी क्लवबाट तेक्वान्दो खेल खेली छैठौं व्याचमा ब्ल्याकबेल्ट हासिल गर्न सफल बनेका थिए । सेनाकै आर्मी क्लवबाट खेल्ने क्रममा नेपालको प्रतिनिधित्व गरी तेक्वान्दो खेलबाटै विभिन्न मुलुकहरुमा गई त्यतिबेला नै नेपालको झण्डा विश्वसामु फहराउने खेलाडीको रुपमा परिचित थिए नगरकोटी । 
राम्रो खेलाडीको रुपमा परिचित नगरकोटीले नेपालमै बसेर आफ्नो दैनिक जीवनयापन र आफ्ना परिवारको अत्यावश्यक आवश्यकताहरु पनि पूरा गर्न सक्ने अवस्था नभएपछि बाध्य भएर रोजगारीका लागि मकाउ पुगेको  दुखेसो खोजतलाससँग पोख्छन् । 
बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालका चम्किला ताराको रुपमा परिचय दिइसकेका तेक्वान्दो खेलाडी नगरकोटीले विदेशमा आफ्नो दैनिक ड्युटी सकी आफू फुर्सदको समयलाई सदुपयोग गरी आफू पनि तेक्वान्दो ट्रेनिङ गर्ने र अरु नेपालीहरुलाई पनि ट्रेनिङ गराउने गर्दै आइरहेका छन् । उनले मकाउमा तेक्वान्दो खेल खेल्दै विश्वस्तरीय विभिन्न तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउँदै अन्तरोष्ट्रिय क्षेत्रमा नेपालको झण्डा फहराउँदै आइरहेका छन् । 
तिन महिनाको छुट्टीमा आफ्नो जन्मभुमी नेपाल आएका नगरकोटी मकाउ तेक्वान्दो एसोसिइनको को—अर्डिनेटरको भुमिका निर्वाह गर्दै आइरहेका छन् । नगरकोटीले रोजगारीको सिलसिलामा मकाउ पुगेका एक सयभन्दा बढी खेलाडीहरुलाई फुर्सदको समय सदुपयोग गर्दै नियमित ट्रेनिङ गराउँदै आइरहेका छन् । विदेशमा रहेर पनि नगरकोटीले विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजित तेक्वान्दो प्रतियोगिताहरुमा आफ्नै खर्चले आफू पनि सहभागिता जनाउने र आफूद्वारा ट्रेनिङ गराएका खेलाडीहरुलाई पनि सहभागिता गराई विश्वस्तरमा नेपालको झण्डा फहराउन ठूलो योगदान दिँदै आइरहेका छन् । विदेशमा रहे पनि आफ्नो मूलुकको नाम खेलकुद क्षेत्रबाटै विश्वसामु चिनाउन आफूले भरपूर मेहनत गर्दै आइरहेका नगरकोटी बताउँछन् । यसतर्फ नेपाल सरकारले खासै चासो नदेखाए पनि आफ्नो मेहनतले कमाएको आम्दानीमा फजुल खर्च नगरी बचाएर त्यही खर्चलाई सदुपयोग गरी तेक्वान्दोमार्फत् नै नेपालको नाम विश्व सामु चिनाउने लक्ष्य रहेको नगरकोटी बताउँछन् ।
नगरकोटी भन्छन्, सन् २०१८ सालमा क्यानडाको भन्काउभरमा आयोजित ओपन जी—वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिममा ब्राउन्च मेडल ल्याई विश्वमा आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा आफू निकै नै गौरवान्वीत भएको बताउँछन् । यस्तो खाले मेडल अहिलेसम्म नेपाली खेलाडीहरुले ल्याउन नसकेको उनको भनाई रहेको छ । 
लण्डनमा आयोजित २३ र २४ नोभेम्बर २०१९ ब्रिटिस तेक्वान्दो ओपन च्याम्पियनसिपमा दुईवटा गोल्डमेडल ल्याई विश्वसामु नेपालको नाम शिखरमा पु¥याउन सकेका थिए नगरकोटीले । त्यस्तै, नगरकोटीले कोरोना भाइरसको महामारीका कारण स्थगित बन्दै आएको खेलकुदलाई निरन्तरता दिनको लागि १—२ अगस्ट २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित अनलाईन पुम्से विधामा सहभागिता जनाई गोल्डमेडल ल्याउन सफल बनेका थिए । त्यसैगरी काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा पनि ब्राउन्च मेडल ल्याउन सफल बनेका थिए भने अमेरिकामा आयोजित ५—६ डिसेम्बर २०२० मा पुम्से विधाको च्याम्पियनसिपमा सिल्भर मेडल ल्याउन सफल बनेका थिए । 
त्यसैगरी, मकाउमै आयोजित तेक्वान्दो च्याम्पियनसिममा पनि ब्राउन्च मेडल, हङकङमा आयोजित एचकेएनटीए तेक्वान्दो च्याम्पियनसिममा पनि ब्राउन्च मेडल, सन् २०१८ सालमा अमेरिकाको भेगासमा आयोजित ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाई उत्कृष्ठ खेल प्रस्तुत गरिसकेका छन्  । त्यस्तै, सन् २०१९ सालमा अमेरिकाको भेगासमा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन् ।
न्गरकोटीले नेपालमै रहेको बेला सन् १९९२ सालमा काठमाडौंको मेन डोजाङमा आयोजित तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाई राम्रो खेल प्रस्तुत गरेका थिए । १९९५ सालमा हेटौंडामा आयोजित राष्ट्रिय गेममा पनि सहभातिा जनाएको नगरकोटी बताउँछन् ।
सन २०१७ कोच प्रशिक्षक, रेफ्री प्रशिक्षण, तेक्वान्दो अन्तर्राष्ट्रिय मास्टर तालिमसमेत लिइसकेका नगरकोटीले कोचको प्रशिक्षण सन् २०१८ मा अमेरिकाको लस भेगासमा गरेका हुन् । उनले सन् २०१८ मा जापानको ओसाकामा आयोजित ओपन तेक्वान्दो च्याम्पियनसीपमा कोचको समेत भूमिका निर्वाह गरिसकेका छन् । 
कोचको तालिम सन् २०१९ मा क्यानडाको भेनाउभर, बैंककमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दोल च्याम्पियनसिप २७—२८ जुलाई २०१९ मा आयोजित सफल रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् भने हङकङमा आयोजित पुम्से विधामा १२ मे २०१९ मा निर्णायकको भूमिका निर्वाह गरेको नगरकोटी बताउँछन् । तेक्वान्दो खेल्न आफूलाई सहयोग, साथ र हौसला दिने आदरणनीय गुरु मान बहादुर तामाङ्गलाई आफूले सधैं सम्मान र सम्झिरहने बताउँछन नगरकोटी । 

सम्बन्धित समाचार