काठमाडौँ/काठमाडौँ बिजेश्वरी अवस्थित द सनसाइन स्कूल कलेजद्धारा एसईई पास विद्यार्थीहरुलाई 'अभिनन्दन तथा बिदाई कार्यक्रम-२०८०' सम्पन्न भएको छ । कक्षा १० का बिद्यार्थीहरुले आयोजना गरेको उक्त बिदाई कार्यक्रम आज शनिबार स्वयंभूको ठूलो भर्याङ अवस्थित अर्किड रेष्टुरेन्टमा सम्पन्न भएको हो ।
कार्यक्रममा द सनसाइन स्कूल कलेजका संस्थापक तथा प्रिन्सिपल बाबुराम गौतम प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो भने प्रिन्सिपल अजित पाण्डे र अरु अतिथीहरुमा सह-प्रध्यानाध्यापक तेज प्रसाद भण्डारी, बोर्ड सदस्यहरु कृष्ण उपाध्याय, चन्द्र वाग्ले, प्रकाश हमाल, ज्ञानराज भण्डार सहभागी हुनुहुन्थ्यो । विद्यार्थीतर्फबाट भने अध्यक्षको रुपमा नबिन चौधरी कार्यक्रममा उपस्थिती हुनुहुन्थ्यो भने कार्यक्रमको उद्घोषणको जिम्मा सिजरिया तुलाधरले सम्हाल्नुभएको थियो ।
कार्यक्रममा एसईई उतीर्ण विद्यार्थीहरुलाई प्रिन्सिपल गौतम लगायत बोर्डका पदाधिकारीहरुले निधारमा टिका लगाइदिनुभएर मायाको चिन्ह प्रदान गरी अभिनन्दन गर्नुभएको थियो । त्यस्तै कार्यक्रमलाई सफलीभूत पार्न आगन्तुक अतिथीहरुलाई पनि मायाको चिन्ह प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, अभिनय तथा गायन प्रदर्शन गरी आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । अपरान्हदेखि शुरु भएको उक्त कार्यक्रम बेलुकी ७ बजेसम्म चलेको थियो ।
द सनसाइन स्कूल/कलेजले समयसापेक्ष विद्यार्थीहरुलाई लक्षित गरी यस्ता थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
























