'स्वार्थ सिद्ध गर्न बाहिरी समूह हाबी भयो, ग्राहकको क्षतिपूर्ति हुन्छ' - कान्तिपुर

16.1k Shares

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सले कान्तिपुर र द काठमान्डु पोस्टको वितरणमा एक सातादेखि भइरहेको अवरोधमा स्वार्थ सिद्ध गर्न खोज्ने बाहिरी समूह हाबी भएको बताएको छ ।

आज एक विज्ञप्तिमार्फत पब्लिकेसन्सले भनेको छ, "पब्लिकेसन्सका वितरक कर्मचारीको सरोकारप्रति हामी संवेदनशील छौँ । तर यसमा निहित स्वार्थ सिद्ध गर्न खोज्ने बाहिरी समूह हाबी भएकामा चिन्तित छौँ ।"

पब्लिकेसन्सको व्यवस्थापन, अधिकारी र पत्रिका वितरकलाई समेत धम्की दिने काम भइरहेको कान्तिपुरको दाबी छ । पत्रिका वितरणको समस्या समाधान गर्ने प्रयास जारी रहेको र वितरणलाई सहज बनाउनवैकल्पिक उपायको गृहकार्यमा रहेको जनाइएको छ । 

साथै कान्तिपुरले पत्रिका पुगेको दिनको क्षतिपूर्ति हुने गरी ग्राहक अवधि थप्ने पनि बताएको छ ।

"कान्तिपुर पब्लिकेसन्समा आबद्ध कुनै पनि कर्मचारीलाई गैरकानुनी रूपमा बिदा गर्ने नीति र योजना नभएको स्पष्ट पार्छौं । कुनै स्थायी कर्मचारीले स्वेच्छा वा समझदारीले बिदा हुन चाहे संचयकोष र उपदानसहित कानुनबमोजिम पाउने सुविधा पनि सुनिश्चित रहेको स्पष्ट पार्दछौँ," विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचार