नागरिक समाजमाथि प्रहरीको धरपकड

17.1k Shares

काठमाडौं । बालुवाटार घेराउ गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका नागरिक समाजमाथि प्रहरीले धरपकड गरेको छ । 
संसद विघटनको विरोधमा नागरिक समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो ।  अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेका थिए । 

सम्बन्धित समाचार