सदा स्वस्थ र आनन्दित रहन

19.7k Shares

मानिसको स्वास्थ्य र आनन्दको लागि प्रकृतिमा आहार, विहार र विचारको सम्पूर्ण व्यवस्था छ । प्रकृतिको व्यवस्थाअनुसार हामीले आहार, विहार र विचार गरेमा सदा स्वस्थ र आनन्दित रहन सक्छौं । सबै मानिसहरूको लक्ष्य, उद्देश्य र कर्तव्य पनि प्रकृतिले दिएको यो जीवन स्वस्थ र आनन्दपूर्वक जीउनु नै हो । त्यसको लागि निम्नानुसार उचित आहार, विहार र विचार अपनाऔं–


१. आहारः—
(क) खाद्यान्नहरूलाई सम्भव भएसम्म प्रकृतिले दिएकै रूपमा प्रयोग गरौं, जस्तै— खैरो चामलको भात, चोकर भएको पिठोको रोटी, ढींडोलगायत विविध परिकार, च्याँख्लाको विविध परिकार, पूर्ण अन्नको विविध परिकार आदि ।
(ख) खाना खाँदा राम्रोसँग चपाएर खाने गरौं । पकाई सकेको खानालाई फेरि तताएर नखाऔं यसो गर्दा अम्लियता बढेको देखिन्छ । 
(ग) दाल–गेडागुडीहरू पनि प्रशोधित नगरिकन प्रयोग गरौं । सम्पुर्ण अन्नको भागमा १० प्रतिशत भन्दा बढि दुई दलिय अन्न नलिनु बेस । कतै पनि दुख्ने सुन्निने समस्या छ भने दुई दलिय अन्न नलिनु बेस । 
(घ) हरीयो तरकारीहरू पनि लगभग अन्न कै बराबर मात्रा (आयातन) मा प्रयोग गरौं । दिनभरीमा लगभग एक किलो हरियो सागपात र फलफुलको सेवन गरौं ।
(ङ) खानाको अन्तमा १०० — १५० ग्राम सलाद (काँचै खाइने फल तरकारी) प्रयोग गरौं ।
(च) दिनको चार पटकभन्दा बढी खाने नगरौं । मात्रा मिलाएर खाएमा दिनको तीन पटक वा दुई पटक खाएर पनि शरीरलाई चाहिने कुरा पुग्छ । चार पटक खाने भए बिहान र अपरान्ह दुई पटक हलुका नाश्ता लिने, दुई छाक करीब पेट भरिने गरी खाने गर्नुपर्छ ।
(छ) दुई खानाको अन्तर कमसेकम ३ — ४ घण्टा हुनुपर्छ । भारी खाना खाएको बेलामा  यो अन्तर कमसेकम ५ — ६ घण्टा हुनुपर्छ ।
(ज) बिहान उठ्नासाथ ३ — ४ गिलास र बेलुका सुत्नुअघि १ गिलास पानी लिनुपर्छ भने खानासँग र खानाको अघिपछि १/१ घण्टासम्म पानी लिनु हुँदैन, दिउँसो प्रतिघण्टा १ गिलास पानी लिइरहनु पर्छ । दुई खानाको बीचमा पानीबाहेक केहि पनि नखाने ।
(झ) हप्ता, दुई हप्ता वा कमसेकम महिनामा एक दिन फलाहार वा उपवास बस्ने गरौं ।
(ञ)  तारेभुटेका, बढी मसला भएका, गालेका–बासी र चिया कफीजस्ता चिज खाने बानी नगरौं ।


२. विहार


 (क) सुत्दा, उठ्दा, हिँड्दा, बस्दा, कामगर्दा सदा मेरुदण्ड सोझो खुकुलो राख्ने प्रयास गरौं ।
 (ख) शरीरका सबै जोर्नीहरू र मांसपेशी संचालन हुने व्यायाम–आसनको लागि बिहान अथवा साँझको १ घण्टा समय छुट्याऔं ।
 (ग) परिश्रम (काम) र आरामको संतुलन मिलाऔं, आराम मात्रै पनि नगरौं काम मात्रै पनि नगरौं ।
 (घ) ५ — ७ घण्टा समय सुत्नको लागि छ्ट्युाऔं, सुत्ने र उठ्ने समय निश्चित गरौं ।
 (ङ) दैनिक सम्भव भएसम्म केही न केही समय हिँड्नु पर्छ, समय समयमा गाउँघर, जंगल डाँडाकाडातिर हिड्नु पर्छ ।
 (च) शारिरीक वेगहरुलाई रोक्नु हुँदैन । 
 (छ)आफुसम्बधी आफ्नो कल्याणसम्बधी ज्ञान, आत्मज्ञानमा बृद्धि र परिपक्वताको लागि निरन्तर जागरुक भई चिन्तनमा लाग्नु पर्छ । 
 (ज) दिनमा ८ घण्टा जीवन निर्वाहका लागि काम गर्न, ८ घण्टा आराम गर्न र ८ घण्टा आत्म कल्याणको काम गर्न छुट्याऔं ।
(झ) कुनै पनि काम–कुरामा अति नगरौं । मापदण्ड शरीर हो ।

३. विचार
(क) सदा आफ्नो कल्याण गर्नुपर्छ, जुन आहार, विहार विचार गर्दा आफ्नो कल्याण हुन्छ त्यही गर्नुपर्छ, अरूलाई हानि पुर्‍याएर आफ्नो कल्याण हुँदैन भन्ने सत्यमा सदा डटिरहौं ।
(ख) पैसाले सुविधा हुन्छ, सुविधाले स्वतः आनन्द हुँदैन, विनाआनन्द कल्याण हुँदैन, यो कहिल्यै नबिर्सौ ।ं
(ग)  सदा निरोगी हुन र रहन कुनै पनि हालतमा नरिसाउने, वादविवाद नगर्ने ।
(घ) कुनै पनि हालतमा चिन्ता नगर्ने, निराश नहुने ।
(ङ) कुनै पनि हालतमा कुनै पनि रुपमा बेईमानी नगर्ने, कुनै पनि हालतमा कसैको कुभलो     नचिताउने, गुणको बदला मात्र होइन वैगुणको बदला पनि गुणले नै तिर्ने, वैगुणको  बदला वैगुनी नहुने । सबै प्रति कृतज्ञ रहने ।
(च) हरहालतमा विना कुनै भेदझाव हरेक व्यतिलाई प्रेम र सम्मान गर्ने ।
(छ) कुनै पनि विषयमा आफ्नो निजी मत मान्यता नबनाउने, मन पर्ने र नपर्ने आधारमा र मान्ने र नमान्ने आधारमा केही नगरी हो कि होइन भनी विचार गरेर सत्य बुझ्ने काम गरेमा उचित विचारको जन्म हुन्छ । मनोगत आधारमा होइन, बस्तुगत आधारमा विचार गरी, शरीरलाई मापदण्ड बनाएर के गर्नुपर्छ के गर्नु हुँदैन भनेर गर्ने काम नै उचित हुन जान्छ । 
आफुलाई निरोगी, आनन्दित र स्वतन्त्र राख्न सक्ने आफैले मात्र हो । अरु कसैले सक्दैन । त्यसैले उचित आहार विहार र विचार आफै गरौं, अरुले गरेर हुँदैन । उचित आहार, विहार र विचार नै निरोग आनन्दको आधार हो ।

सदा निरोगी र आनन्दित रहन ध्यान दिनु पर्ने कुराहरु
१ शरीरको उचाई अनुुसार तौल ठीक्क राख्नु पर्छ ।
२ छाती भन्दा पेट र कम्मरको नाप सानो हुनपर्छ ।
३ रक्तचाप सधै सामान्य मापडण्ड भित्र राख्नुपर्छ ।
४ रगतमा चिनीको मात्रा सामान्य मापडण्ड भित्र राख्नुपर्छ ।
५ हिँड्दा काम गर्दा मुख नखोली नाकैबाट स्वास फेर्न सक्नु पर्छ ।
६ उठबस गर्न, निहुरिन  काम गर्न कुनै अप्ठ्यारो हुनुहुन्न ।
७ मनमा बेचैनी असन्तुष्टि, नरमाइलो लाग्ने भाव नहुनुपर्छ ।
आफ्नो स्वास्थ्यको जिम्मेवार आफै हो भनी बुझी आफैले उचित आहार विहार विचार गरेमा यी मापदण्ड ठीक राख्न सकिन्छ । पैसा कमाउने, नाम कमाउने र पुण्य कमाउने धुनमा मात्र लाग्दा आनन्द हराएर मानव जीवन खेर जान्छ । मानव जीवन सार्थक बनाउन स्वास्थ्य ज्ञान प्राप्त गर्नु जरुरी छ । आफुले पनि स्वास्थ्य ज्ञान प्राप्त गर्न र अरुलाई पनि स्वास्थ्य ज्ञान दिने काममा प्रेरित गर्न गराउँन प्रकृति प्रेमी समुहको स्थापना भएको हो ।

प्रकृतिप्रेमी समुह, निरोगधाम के हो ?
प्राकृतिक स्वास्थ्य ज्ञान प्रचार–प्रसार गरी स्वास्थ्य चेतना बढाई जनस्वास्थ्य सुदृढ गर्न समर्पित संस्था हो । ब्यापारिक उत्प्रेरणाबाट मुक्त, मुनाफारहित यो संस्थामा हुने आम्दानी प्राकृतिक स्वास्थ्य ज्ञानको प्रचार–प्रसारमा नै खर्च गरिन्छ तसर्थ यस सस्थाको कुनै पनि कार्यक्रममा सहभागी हुनु भनेको आफूलाई निरोगी बनाउनुको साथसाथै स्वास्थ्य ज्ञानको प्रचार–प्रसार कार्यक्रममा समेत सहभागी हुनु हो । आफ्नो र समाजको लागि केही गर्ने अनुपम ठाउँ हो । सुमार्गमा अघि बढ्न चाहने सबैको लागि खुल्ला  ठाउँ हो । 


निरोग आनन्दधाम के हो ?

निरोग आनन्दधाम निरोग आनन्दको व्यबहारिक स्वअध्ययन र स्वअभ्यास गर्न शान्त  र रमणिय स्वास्थ्यबर्द्धक आधुनिक आवासीय सुविधासहितको स्वाध्याय स्वाभ्यास केन्द्र हो । उचित आहार विहार र विचारमा स्वाध्याय स्वाभ्यास गर्ने काम भए मात्र गुमेको निरोग आनन्द प्राप्त र कायम रहन्छ । साभारः निरोगसुत्र ३१,पेज नं ३६

सम्बन्धित समाचार