जनकपुरधाम । प्रस्ताबित गुल्म मैनाथपुरको मिलेमतोमा मैनाथपुर गुल्मको जिम्मेबारी इलाका धनुषाको चारवटा बीओपी इनरवा, खजुरी, मैनाथपुर र धनौजी रहेका छन् । इनरवाबाट ब्यापक नेपाली रक्सीको तस्करी हुँदै आएको छ । खजुरीबाट छोटे, अहसानले नेपाली टूथपेस्ट, फेयर एण्ड लभ्ली क्रीमलगायत अन्य नेपाली समानको तस्करी गर्ने गरेको छ । दुहबीबाट राजीब महासेठ जसको कपड़ा, किराना हार्डवेयर, अल्बेस्टर, अबैध गुटखा, धनुषाको सबैला, यदुकोहा, बिरेंद्रबजार, धनुषाधाम र जनकपुरसम्म पठाउने गरेको छ । महासेठले नेपालवाट रक्सी, पेस्ट, चाइनिज स्याउ, बलुवा र गिट्टीको पनि तस्करी गर्ने गरेको छ । सशस्त्र प्रहरी गुल्म मैनाथपुर मैं अबस्थित छ र दुहबी बोर्डरमा चौबिसै घन्टा ड्यूटी हुँदा पनी ड्यूटी बाला कै अगाड़ीबाट सयौ बाइकमा समान जान्छ । डयूटी बालाले रोक्न खोज्दा मेरो डीएसपी सा’वसित क्लियर छ, घुमुवा चंद्रशेखर मंडललाई डीसपी सरको भाग दिएर पठाएको छु । घुमुवा चन्द्र शेखर तस्कर महासेठको समानको स्कर्टिङसमेत गर्ने देखि लिएर तस्करीसीत सेटिङ्ग मिलाउन माहिर छन् । सशस्त्र प्रहरी संगठनको नीति बिपरीत डीसपी मदन धानुकले जवान चन्द्र शेखर मण्डललाई घूमूवाको रूपमा परिचालन गरी कमाऊं धन्दामा लागेको छ । यसरी जनकपुरसम्म आएको राजीब महासेठको समानको सम्पूर्ण सेटिङ्ग जनकपुर भंसारको घुमुवा सरोज कुमार साहले मिलाउने गरेको छ । सर्बसाधारणको गुनसो घुमुवा चन्द्र शेखरले ठुलो ब्यापारीको समानको स्कर्टिङ्ग गरेर कटाउने र सानालाई सताऊने गर्ने गरेको छ । आफ्नो बेसको दाखिला देखाउन साना तीना तथा घरायसी समान समेत समातेर भंसार बुझाई दिने गरेको छ, र माथिको प्रेशर हो भनेर भन्ने गरेको छ भनी सर्ब साधारणको गुनशो छ । ड्यूटी बसेको एक जना हबलदारको गुनशो छ की एक जवान (घुमुवा मंडल ) आएर हामीले रोकेको सामन छोड्Þने हाकिम सा’बको लाइनको सामान हो भनेर हामीलाई थर्काएर जान्छ । हामीले रोकेको समान इन्चार्जलाई रिपोर्ट गर्दा घुमुवा मण्डलसीत समन्वय गरेर छोड़्ने भनेर आदेश आउँछ । काम गर्न गाह्रो छ, राजीबको समान आउँदा समान बोकेको मोटरसाइकिलको तस्कर हेरेर हामी देखेर पनि नदेखेको झै बस्नु पर्ने हुन्छ । जागीर नै धराप छ घुमुवाको कारणले भन्ने भनाइ छ ।
धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेको ठूलो तस्करको छोरा राजीव महासेठले धनुषाको मैनाथपूर, दुबही नाकाबाट स्याउ, कपडा मटर, मरिच, रक्सी, तेल, किराना आइटमलगायतको लाइन चलाएका छन् । धनुषाको नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाले धनुषाको डेवडीहा, जमुनी नदी, महादेवपटी नाकाबाट पानपराग, सुपारी, किराना आइटमको लाइन पाएवापत लाइन चलाएका छन् । फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटहि, मुखियापटीबाट मोबाईल, मरिच, स्याउ, रक्सी, हुण्डीको पैसा, किराना आईटमको लाइन पाएवापत लाइन पाएका छन् । धनुषाको जद्कूहा बस्ने गफार मियाको छोरा कलाम मियाले धनुषाको खजुरी, महूवा, बलहा, कढाल नाकाबाट कपडाको लाइन मोटो रकम बुझाएर लाइन पाएका छन् । नईम मियाले धनुषाको तरही, धनौजी, बहूआर्वा नाकाबाट कपडा, फेन्सी डिल लागू औषधको करोबार गरीरहेका छन् तर लागू औषध मुद्दामा फरार अपराधी भए पनि काम गरिरहेका छन् । धनुषाको बर्तूलाह खातुन नाम गरेका व्यापारी धनुषाको तरही, इटहर्वा, बहूआर्वा नाकाबाट कपडा, जुताचपलको लाइन पाएका छन् । धनुषा बस्ने धर्मेन्द्र साह धनुषाको तरही, इटहर्वा, धनौजी नाकाबाट कपडाको लाइन पाएका छन् । घुमुवाले यी व्यापारीबाट एक लाखदेखि चार लाखसम्म उठाईरहेको चर्चा धनुषामा चलिरहेको छ । घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् ।