धनुषाको भन्सारमा यी व्यापारीलाई छुट, घुमुवालाई मोज

19.5k Shares

जनकपुरधाम । सशस्त्र प्रहरी बलको भन्सार सुरक्षा बेशका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जय बहादुर दतेपुते र उनले परिचालन गरेका घुमुवा सरोज साहको मिलिमतोका कारण यहाँ तस्करी धन्दा मौलाएको छ भने केही तस्करहरूलाई राम्रो लाइन समेत दिइएको खुलेको छ । बारम्बार तस्करी र सशस्त्र प्रहरीको घुमुवा सरोजका बारेमा समाचार प्रकाशित भए पनि उनीमाथि कुनै कारवाही त परै जाओस छानबिन टोली गएपनि अहिलेसम्म उनलाई हटाएको पनि छैन ।
निरीक्षक जय बहादुरले व्यापारीदेखि तस्करसँग रकम उठाउन घुमुवा सरोज साहलाई परिचालन गरिरहेका छन् । कतिपय तस्कर बेशमा आएर निरीक्षक जय बहादुरलाई प्रत्यक्ष भेट्ने गर्दछन् भने कतिपयले घुमुवा साहलाई रकम दिने गर्दछन् । अहिले तस्करीको लाइन पाउनेहरूमा नरेश, सुरेश, साहिद, मन्सुर, समतुला, बरतुला, रंजित, सुजित, पपु, उमेशफ, साबिर, जितु, सुमित्रा, राजिव, सुरेश, शिव नारायण , सुरेन्द्र , धर्मेन्द्र  लगायतका छन् ।  
धनुषाको फुलगाभा, देबडिया, धनौजी, जटाही, खौना र दुबही  नाका तथा महोत्तरीको मठियानी  र जलेश्वरबाट तस्करी हुने सामान सबै जनकपुर सशस्त्रको यही बेशमा आउने भएकोले तिनीहरूसंग रकम उठाउने काम भैरहेको छ । बाहिर अरूलाई ड्राइभर भनेर सरोज साहलाई देखाउने गरेपनि उनी घुमुवाको रूपमा परिचालन भई सबै आर्थिक कारेवार गर्दै आइरहेका छन् । मासिक झण्डै ३ देखि ४ लाखसम्म रकम उठाउने काम उहाँ सशस्त्र प्रहरीले गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार