युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त

17k Shares
काठमाडौं । पूर्व अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पूर्व अर्थमन्त्री खतिवडालाई राजदूतमा नियुक्ति गरेकी हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को आधारमा डा खतिवडालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अमेरिकाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार