एम्स इन्टरनेशनल कलेजद्वारा 'एम्स फूटसल टुर्नामेन्ट २०२३' भव्यताका साथ सम्पन्न

27.4k Shares

ललितपुर/एम्स इन्टरनेशनल कलेज लगनखेलको आयोजनामा एम्स फूटसल टुर्नामेन्ट २०२३ काे नक्आउट राउन्ड आज बिनायक स्पाेर्टस कम्प्लेक्समा भव्यताका साथ सम्पन्न भएको छ । असार २ गते शनिबारबाट ब्याचलर लेभल अन्तर्गत सुरुभएको उक्त कार्यक्रम आज असार ५ गते मंगलवार सम्पन्न भएको हो । शुरूमा हात्तीवल फूटसलबाट प्रारम्भ भएको फुटबल म्याचमा ब्याचलर तर्फबाट BBS/BSW/BCA का विद्यार्थीहरुको सहभागिता रहेको थियो । पुरूषबाट ८ र महिलाबाट २ समूह उक्त कार्यक्रममा सहभागी थिए । 

आजकाे टुर्नामेन्टमा पुरूष समूहबाट BBS 2nd year का विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए भने महिलातर्फ बाट BASW 3rd year का विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गरेका थिए । विजेता टिमहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्रहरू प्रदान गरिएको थियोे साथै 1N/2D काे सुकुटे Trip काे प्याकेज पनि हस्तान्तरण गरियाे । 

आजकाे टुर्नामेन्टमा पुरूष समूहबाट बेस्ट गाेलकिपरकाे उपाधि प्रबिन्द्र महर्जनलाई प्रदान गरिएको थियोे भने म्यान अफ द टुर्नामेन्ट कमल तिमिल्सिनाकाे पाेल्टामा गएकाे थियाे । बेस्ट प्लेयरकाे उपाधि सृजन केसीलाई प्राप्त भयाे ।

त्यस्तै महिलातर्फमा भने बेस्ट गाेलकिपरकाे उपाधि सुनिता राईले प्राप्त गरेका थिए भने म्यान अफ द टुर्नामेन्ट रेखा बिष्टलाई प्रदान गरियाे । बेस्ट प्लेयरकाे उपाधि मनिषा शाहीलाई प्रदान गरिएको थियोे । 

एम्स इन्टरनेशनल कलेजले हरेक बर्ष यस किसिमकाे खेलकुद कार्यक्रमहरूकाे आयाेजना गर्दै विद्यार्थीलाई प्राेत्साहन दिदै आइरहेको छ ।

IMG-71f5546dc776c784829773c6a4734a87-V.jpgIMG-f1d7591b935983fa6734555dadb0444c-V.jpgIMG-ba14fe64316197a003347c12383d075c-V.jpgIMG-7ea9c37ed42781ba22f3b9fc0cd51ab5-V.jpgIMG-8e7e6a47ee0f90ad068bf342ebb9fdf9-V.jpgIMG-39266f810f18ad046ff17971e53beeed-V.jpg

 

सम्बन्धित समाचार