बागमती प्रदेश सरकारद्वारा खेलकुदलाई बेवास्ता, चौतर्फीरुपमा आलोचना

20.8k Shares

काठमाडौं । देशको नाम विश्वसामु चिनाउने खेलकुद क्षेत्रलाई बागमती प्रदेश सरकारले प्राथमिकतामा नराखेपछि चौतर्फीरुपमा आलोचा हुन थालेको छ ।
बागमती प्रदेश सरकारको असार १ गते भएको बजेट भाषणमा खेलकुद क्षेत्रलाई खासै सम्बोधन भएको छैन । बागमती प्रदेश सांसदहरुले आफ्नो जिल्लामा खेलकुदको विकासका लागि आवश्यकता रहेको खेल मैदान र कबर्ड हल निर्माणको निम्ति बजेट पेश गर्दा पुर्बाग्रही राखि बजेट समाबेश नगरेको बागमती प्रदेश सभा सदस्य माननीय बिमल ठकुरी बताउँछन् ।
जबकि कांग्रेसकै समर्थनमा माओवादीको नेतृत्वमा सरकार गठन भएको छ । नेपाली कांग्रेसका एक सांसदले भने ‘हेक्का रहोस् नेपाली कांग्रेसको समर्थनमा माओवादीको नेतृत्वमा सरकार छ ।’ यस्तै पाराले सरकार चलाइदै जाने, जुन पार्टीको समर्थनमा सरकार बनेको छ, त्यहि पार्टीलाई पेल्दै जाने हो भने अर्को कदम चाल्न बाध्य हुने सरकारमा सहभागी एक सांसदले बताए । बागमती प्रदेशमा खेलकुद मन्त्रालयको जिम्मेवारी माओवादी कि सांसद कुमारी मोक्तानले सम्हाल्दै आईरहेकी छिन् । मोक्तानसँग कुनै खेलकुद सम्बन्धी ज्ञान र नलेज नभएको कारणले पनि बागमती प्रदेशको बजेटमा खेलकुद क्षेत्रलाई महत्वमै नराखेको बागमती प्रदेश सांसहरुले बताउने गरेका छन् ।

सम्बन्धित समाचार