ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी

16.2k Shares

काठमाडौं, ३ असार । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको हो ।

फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था हो । जसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ । यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरू मार्फत सामूहिक रूपमा उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दै आएको छ । 

साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको छ । यस सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्दछ । फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरुको सहभागिता रहँदै आएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै, साझेदारीले विद्यार्थीहरुका लागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ । 

सम्बन्धित समाचार