ललितपुर । नेपाल तरुण दल, ललितपुर क्षेत्र नं. १ द्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा विभिन्न राजनीतिक दलका सयौं नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पुस ३ गते शुक्रबार चापागाउँ टाहाखेलस्थित वेलकम पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा गोदावरी नगरपालिकाका वडा नं. ७, १०, ११ र महाँकाल गाउँपालिका बुखेलका सयौं नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रमुख अतिथी तरुण बिभाग प्रमुख प्रभावशाली केन्द्रिय सदस्य पुर्ब मन्त्री शंकर भण्डारीले सो कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुलाई खादा ओढाई स्वागत गरेका थिए भने विशेष अतिथि ललितपुर जिल्ला सभापति एवम् पुर्ब माननीय मदन बहादुर अमात्यले टिका लगाई स्वागत गरेको थिए ।
प्रमुख अतिथि शंकर भण्डारीले मन्तव्यको क्रममा नेपालको पहिचान भनेको सनातन धर्म हो । नेपालमा सनातन धर्मअन्तर्गत किराँत, बौद्ध, जैनलगायतका धर्मावलम्बीहरु रहेकाले सनातन धर्मलाई आउँदै गरेको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा यसलाई नै मुख्य एजेन्डा बनाएर जानुपर्ने भण्डारीले बताएका थिए ।

सो कार्यक्रमको अतिथिहरुमा पुर्ब अर्थ राज्यमन्त्री उदय शम्सेर राणा, नेका केन्द्रीय खेलकुद विभागका सचिव तथा महासमिति सदस्य मीन कृष्ण महर्जन, महासमिति सदस्य ऋषिराम घिमिरे जिल्ला सदस्यहरु रबिन्स शर्मा, गणेश केसी, रामकृष्ण हुमागाई, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेल, सानुभाई पहरी, तरुण विभाग केन्द्रीय सदस्य रामशरण घिमिरे, महाधिवेशन प्रतिनिधि खोम प्रसाद घिमिरे, नेविसंघ पूर्व केन्द्रीय सदस्य विमलचन्द्र विष्ट, क्षेत्रीय सभापति राजन घिमिरे, प्रदेश ‘क’ सभापति सुन्दरमान थिङ, प्रदेश ‘ख’ सभापति रामकृष्ण लामा (इन्द्र), क्षेत्रीय सचिव मथुरा शर्मालगायत थुप्रै नेका नेता तथा कार्यकर्ताहरु रहेका थिए ।
साथै अतिथिहरुमा गोदावरी नगरपालिका उपमेयर मुन्ना अधिकारी, बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, गो.न.पा. ७ नम्बर वडा अध्यक्ष गिरी प्रसाद तिमल्सिना, ६ वडा अध्यक्ष बिष्णुमान महर्जन, बागमती गाउँपालिका माल्टा वडा अध्यक्ष बिजय कुमार लों, कोन्ज्योसोम गाउँपालिका नल्लीका वडा अध्यक्ष तिर्थ घलान, दलचोकी वडा अध्यक्ष तिलक बोम्जनलगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसमा प्रवेश गर्नेहरु नेता तथा कार्यकर्ताहरुमा गोदावरी नगरपालिका वडा नं. ७ देवीचौरका जगत लामाको नेतृत्वमा झण्डै तीन दर्जन, वडा नं. १० बाट नेका पूर्व उपाध्यक्ष कल्याण तामाङको विशेष पहलमा तिन दर्जनभन्दा बढी, वडा नं. ११ बाट दर्जनौं, साथै महाँकाल गाउँपालिका बुखेलबाट नेकपाका प्रभावशाली नेता सानुमान लो, हिरामान डिम्डुङ –जय)लगायतकाले अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उक्त प्रबेश कार्यक्रम नेपाली कांग्रेस युवा नेता केन्द्रिय खेलकुद बिभाग सचिब मीन कृष्ण महर्जनको विशेष भुमिका रहेको थियो । महर्जन ललितपुरमा निकै लोकप्रिय नेताका रुपमा पछिल्लो समय परिचित बन्दै आइरहेका छन् ।