नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका शिर्ष नेताहरूको सत्तालोलुपता र शक्ति संघर्षका कारण मुलुक भ्रष्टाचार गर्ने अखडाको रुपमा विश्वसामु चिनिएको छ । नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि बामदेवसम्मको सत्ताको लागि सदावार खिचलो गरिरहनुको सट्टा पाँचै जनालाई एकै पटक प्रधानमन्त्री र महिला सभासद पाँचै जनालाई उपप्रधानमन्त्री बनाएर पाँच बिकास क्षेत्रको जिम्मा दिएर श्री ५ को श्रीपेच लगाएर चक्रिय प्रणालीमा देश चलाए कसो होला ? गणतन्त्रले बिश्वसामु राम्रो देशको पहिचान, खान नपाउने गरिब र ठूलो मात्रामा भष्ट्राचार हुने देश भनेर त चिनाई सकेको छ । चक्रिय प्रणालिमा देश चलाए नेपालको नाम पनि विश्वमा प्रख्यात हुने थियो । 
कलकारखाना, उद्योग धन्दा, प्राबिधिक शिक्षा, साझा बस, ट्रली बस त सबै सिध्याई हाल्यौ, सकिहाल्यौ । अव बिदेशीको लागि कामदार उत्पादन गर्ने कारखाना खोलि हाल्यौं । नयाँ शिक्षा निति ल्याएर अंग्रेजीमा नाम लेख्न जान्ने जनशक्ति उत्पादन गरेर बिदेशमा झाडु, पोछा, भाँडा माझेर, मजदुरी गरेर जिबिका चलाउन बाध्य बनाइ हाल्यौं । यस्तो कोरोनाको महामारिमा पनि आफ्नो ज्यानको प्रबाह नगरी लाखौ लाखको संख्यामा छिमेकी मुलुकलगायत अन्य मुलुकहरूमा जानेको लर्को लाग्न बाध्य बनायौ ।
कोरोना भाइरसको महामारीका कारण भोकमरी बढेका कारण आत्महत्या बढ्दै गएको अवस्थामा सहयोगी हातहरूले बिभिन्न ठाउँमा खाना खुवाउँदा पनि काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्धर शाक्यले रत्नपार्कमा खाना खुवाउन रोक लगाए । कस्तो सर्बहाराको सरकार हो यो ।
आफुचाहिँ फाइब स्टार होटल (सोल्टिमा)बस्ने जनताले तिरेको करको दुरुपयोग गरेर सपरिवार मोज मस्ति गर्ने, जनता भने सिटामोल पनि नपाउने । हालै मात्र बालुवाटार मन्त्रीले बिश्व बैंकबाट बिस अरब ऋण मागेका छन् । आफ्ना, सभासद, कर्मचारि, आसेपासेलाई बाँड्नको लागि जनतालाई टाउकोमा ऋणको भारी बोकाएर कोरोनाको महामारी जस्तो रोगको समेत उपचार नगरिकन हात उठाउने यस्तो निकम्मा सरकारलाई के सरकार भनिरहने र केको आसा गर्ने । जय कमाउनिष्ट ३ जय लूटतन्त्र ३ ।