८ हजार ७ सय अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

19k Shares

काठमाडौ,  १९  जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका १ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ८ हजार ७ सय अमेरिकी डलर बरामद भएको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैङ्लोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

सम्बन्धित समाचार