खैरो हेरोइन कारोबारमा संलग्नको आरोपमा ६ जना पक्राउ

18.1k Shares

काठमाडौं, १४ जेठ । अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा विभिन्न मितिमा पक्राउ गरेका ६ जनालाई शनिबार सार्वजनिक गरेको छ ।

हरीले ९ जेठमा काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, ७ लाख ४० हजार नेपाली रुपैयाँसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो ।

त्यस्तै १ जेठमा काठमाडौं महानगरपालिका–९ बाट ९४ ग्राम खैरो हेरोइनसहित झापाकै २८ वर्षका विजय लिम्बू, झापाकै चन्द्रगढीबाट मेची नगरपालिकाका २९ वर्षका माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

सम्बन्धित समाचार