19.1k
Shares
काठमाडौं, १२ जेठ। भारतीय टोली काठमाडौँमा जारी एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई २५—१७, २५—२०, २५—१५ अंकले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
अब भारतले फाइनलमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल शुक्रबार साँझ नेपाल र कजाकिस्तानबीच हुँदैछ ।