जिपले ठक्कर स्कुटरलाई दिँदा शिक्षिकाको मृत्यु

19.2k Shares

दाङ, ११ जेठ । दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका–५ कमलगढीमा बिहीबार बिहान विद्यालय जाने क्रममा स्कुटरलाई दिँदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको हो । 

रा १ ज ९२३ नम्बरको जिपले रा ७ प ४२३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार लम्साल घाइते भएकी थिइन् । थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको हो । 
 

सम्बन्धित समाचार