विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ

17.5k Shares

काठमाडाैं, ८ जेठ । देशका विभिन्न स्थानबाट चारजना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-७ जोखर ताल एरियाबाट अवैध लागूऔषध चरेश ४ सय ३६ ग्रामसहित बझाङ छविस पाथीभरा गाउँपालिका-३ बस्ने ३५ वर्षीय शिवराज उपाध्यायलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कन्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीकै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ७५ मिलिग्रामसहित गोदावरी नगरपालिका-८ बस्ने २६ वर्षीय समिर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।  

पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध कोडिवेल १४ बोतलसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभ्याङ बस्ने ३७ वर्षीय सन्तोष मिश्रालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.२५ प २६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ४६ वर्षीय ऋषि राम कँडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

 

सम्बन्धित समाचार