बालिका बलात्कारका फरार आरोपी पक्राउ

18.2k Shares

बारा ६ जेठ ।। १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्षको कार्तिक १६ गते जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ मा घर बाहिर शौचालय गर्न गएकी बालिकालाई दुईजना युवकले बलात्कार गरी फरार भएका थिए ।

आरोपीमध्ये एक २५ वर्षीय विशोरी बैठा धोबीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रबार काभ्रेमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । घटनामा थप एक जना फरार रहेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार