ढाकाबाङ जंगलमा आगो लगाउनेहरू पक्राउ

21.2k Shares

काठमाडौं, २ जेठ । अर्घाखाँची  जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा ४ जनाको ज्यान जाने गरी वनमा आगो लगाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वनमा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो । 

गत वैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो । घटनामा घाइते एक जना महिला अझै उपचाररत छिन् । प्रहरीले आगो लगाउने भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जंगली जनावरले सताएपछि आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले  बताए ।

सम्बन्धित समाचार