भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको बयान सकियो

14.4k Shares

काठमाडौं, २ जेठ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो ।  शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।

सम्बन्धित समाचार