सुविधा सम्पन्न सामुदायिक विद्यालय भवनको सिलान्यास

48.7k Shares

ललितपुर । सात करोड बराबरको लागतमा ललितपुरको धापाखेलस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको भवन निर्माणको लागि कात्तिक २६ गते बुधबार सो स्कुलका व्यवस्थापन समितिका अध्यक्ष भरत महर्जनद्वारा  सिलान्यास गरिएको छ ।

सो स्कुलका व्यवस्थापन समितिका अध्यक्ष महर्जनको पहलमा सात करोड १२ लाख बराबर लागतमा भवन निर्माण हुन लागेको हो । 
आफूले अध्ययन गरेको धापाखेलस्थित श्री कृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रही विभिन्न कार्यक्रमहरु गरी विद्यालयको स्तरउन्नति गर्दै आइरहेका महर्जनले हालै ललितपुरकै नमुना सामुदायिक विद्यालय बनाउनका लागि जाइकाको प्रोजेक्ट विद्यालयमा पारेका हुन् । महर्जनकै पहलमा नेपालकै नमुना सामुदायिक विद्यालय भवन निर्माणका लागि जाइकाको सात करोड रुपैयाँ बराबरको प्रोजेक्ट ल्याउन सफल भई कात्तिक २६ गते विद्यालय भवन निर्माणको सिलान्यास कार्य सम्पन्न भएको छ।

 

सो भवन निर्माण कार्य डेढ महिनापछि सुचारु गरिने अध्यक्ष महर्जनले जानकारी गराएका छन्  । उक्त प्रोजेक्टबाट अत्याधुनिक भवन निर्माण गरी सीटीईभीटीको विभिन्न कार्यक्रमहरु संचालन गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष महर्जनको भनाई छ । 


सम्बन्धित समाचार