20k
Shares
धनगढी, १६ वैशाख जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरूलाई निवेदन दिन आग्रह गरिएको प्रशासकीय अधिकृत शिवराज जोशीले बताए। भएसम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम नि:शुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ। वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको छ।